January 27, 2023, Friday
२०७९ माघ १४, शनिबार
KN hd tv

बाबुराम भट्टराई : अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन

काठमाडौँ – नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने दाबी गरेका छन् ।

उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेको उनको तर्क छ ।

नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार/नीति/कार्यक्रम/संगठन/नेतृत्व/व्यवस्थापन/कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ ।