बालिका बलात्कारको आरोपमा २१ बर्षिय युवक पक्राउ

तेह्रथुम– तह्रथुममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमो छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

नेपालीले ती बालिकालाई ललाइ फकाई साउन १२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।