झापा स्थित एक खोलामा नवजात शिशुको शव फेला
झापा – झापाको मेचीनगर नगरपालिका-६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।
पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
पूर्व-पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
प्रतिकृया दिनुहोस्