मंसिर ४ गते संघ तथा प्रदेश निर्वाचन

सरकारले आगामी मंसिर ४ गते संघीय संसद र प्रदेश संसदका लागि निर्वाचनको मिति घोषणा गरेको छ । बहिबिार बसेको मन्त्रीपरिषद बैठकले मंसिर ४ गते एकै चरणमा संघ तथा प्रदेको निर्वाचन घोषणा गरेको हो । यसअघि निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्नका लागि मिति प्रसताव गरेको थियो । हिजो मात्र बसेको सक्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन तोक्न सरकारलाई सहमति प्रदान गरेको थियो । मन्त्रीपरिषद बैठकपछि पत्रकारसंग कुरा गर्दै संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंसिर ४ गते संघिय संसद र प्रदेश संसदको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । सरकारको घोषणा सँगै निर्वाचन आयोगले निर्वाचनको तयारी सूर गरेको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी सूर भएको र हालको संसदको म्याद मंसिर २१ सम्म रहेको बताएका छन् ।