आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
काठमाडौं– काठमाडौंबाट भारत उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको सूचनापछि प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्ने व्यक्ति कैलालीका सन्तोष लामिछाने रहेका प्रहरीले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका लामिछाने सुन व्यवसायी हुन्।
प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एक उच्च अधिकारीका अनुसार फौजदारी मुद्दामा अभियोग लागेका व्यक्ति जहाजमार्फत् मुम्बई जान लागेको सूचना आएपछि उड्न लागेको जहाजलाई विमानस्थलमै होल्ड गरिएको थियो।
प्रहरीको सूचनापछि विमानबाट सबै यात्रुहरुलाई ओरालिएको थियो।
प्रतिकृया दिनुहोस्