October 4, 2022, Tuesday
२०७९ आश्विन १९, बुधबार
KN hd tv

पानीको बहाव बढेसँगै ब्यारेजमा बालियो रातो बत्ती, ५६ मध्ये ३३ ढोका खोलियो

सुनसरी – सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । सप्तकोशीमा मंगलबारर पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८१० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

यादवले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको बताए । सप्तकोशीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछी खतरा मानिन्छ । भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोशी गाँऊ पालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ ।

कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोशीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानिय शिक्षक सन्तोष चन्द्रबंसीले बताए । उनले सप्तकोशीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोशी आसपासका सर्विसाधारणको अबस्था सहज बनाई दिन सरकारसँग माग गरे ।

सप्तकोशीमा सोमबारदेखि नै पानीको बहाव निरन्तर बढिरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । उनले कोशीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अबस्थामा राखिएको जानकारी दिए । यादवले कोशी आसपासका जनतालाई बाढी आएको समयमा उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको