सांसद गुप्ताद्दारा किसानलाई मल र राहतको व्यवस्था गर्न सरकारसँग माग
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद बृजेशकुमार गुप्ताले किसानलाई तत्काल मलको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
साथै उनले पानीको अभावले किसानले आत्महत्या गर्नुपर्ने अवस्गथा आएकाले किसनालाई तत्काल राहतको व्यवस्था गर्न पनि माग गरेका छन्।
प्रतिनिधि सभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै उनले उक्त माग गरेका हुन्। ‘किसानले एकतिर मल पाएका छैनन्। सिमानाबाट मल ल्याउँदा प्रहरीले समात्छ। सरकारले ल्याउँदैन, जनताले आफैं ल्याउँदा पनि प्रहरीले समात्छ। प्रहरीले सहजीकरण गरिदिन सरकारसँग माग गर्दछु’, गुप्ताले भने,‘अर्कोतिर पानी नभएर आकाशे पानीको भर पर्नुपर्ने अवस्थामा छ। पानीको अभावले किसानले आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन्। त्यसैले त्यस्तो क्षेत्रलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछु।’
#कृषि
प्रतिकृया दिनुहोस्