नेपालको बागवानी क्षेत्रमा सन्चालन भएका मिसन कार्यक्रम समिक्षा तथा प्रभावकारी कार्यान्वयनका कार्यदिशा

बरिष्ठ बागबानी विकास अधिकृत, हाल युनिभर्सिटि अफ साउथ अष्ट्रेलिया- कृषि क्षेत्रको ब्यवसायिकीकरणका माध्यमवाट नेपालमा आय र रोजगारी सिर्जना गरी अर्थतन्त्रमा टेवा पुर्याउन बागबानी क्षेत्र कृषि उत्पादनको महत्वपूर्ण क्षेत्र हो । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रले २७ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा र बागवानी क्षेत्रले करिव ६ प्रतिशत जति मात्र योगदान योगदान पुर्याएतापनि यसमा आबद्द रोजगारी तथा ग्रामिण गरीवि निवारणको लागि बागवानी क्षेत्र महत्वपूर्ण क्षेत्र हो भन्नेमा दुविधा छैन ।नेपालको भौगोलिक बिबिधताले गर्दा फलफूल तरकारी आलु तथा पुष्षजन्य उत्पादनको प्रशस्त संभाब्यता रहेतापनि नेपालमा उपभोग हुने आलु प्याज बेमौसमी तरकारी तरकारी बीउ अलैची अदुवा कफी कागती किवी अनार सुन्तलाजात फलफूल केरा तथा पुष्षजन्य बालीलाइ ब्यवसायिकीकरण गर्न र आयात प्रतिस्थापन गर्न विभिन्न नामबाट बिगतमा तथा बर्तमान अबस्थामा अभियानमुखी उत्पादन प्रबर्धन कार्यक्रम मिसन कार्यक्रम सन्चालन भएको पाइन्छ ।उक्त कार्यक्रमहरुले अपेक्षाकृत रुपमा उपलब्धि हासिल नभएको र ताजा तरकारी बाहेकका बागवानीजन्य वालीहरुमा आयात वढीरहेको दिन प्रतिदिन समाचारहरु पढ्न पाइन्छ ।
नेपालमा बागवानीजन्य बस्तुहरुको आयात बढ्नमा जनसंख्या बृद्दि शहरी क्षेत्रमा बसोवास गर्ने जनसंख्याको शिक्षा तथा आयको स्तर चेतना तथा क्रयशक्ति बृद्दि तथा रेमिटेन्समा आधारित अर्थ ब्यवस्था कुल ग्राहस्थ उत्पादनमा करिव २३ प्रतिशत योगदान लगायतका कुराहरुको अलावा जमिनको खण्डीकरण सिचाइ तथा गुणस्तरीय उत्पादन सामाग्रीहरुको अभाव तथा न्यून मागमा आधारित अध्ययन अनुसन्धान जस्ता कुराहरुले प्रभाव पारेको पाइन्छ ।
आयात प्रतिस्थापन तथा निर्यात प्रबर्धनका लागि नेपालमा करिव १ दशक भन्दा अगाडिबाट बाली बस्तु लक्षित ब्यवसायिक तथा अभियानमुखी कार्यक्रमहरु सन्चालन भएतापनि हालका बर्षसम्म आइपुग्दा आयातको मात्रा अत्याधिक बढ्नुले हामिले सन्चालन गरेका कार्यक्रमहरुमा केही कमी कमजोरी रहेको अनुमान गर्न सकिन्छ । केही सन्चालन भएका कार्यक्रमहरु र अबस्था विश्लेषण निम्नानुसार प्रस्तुत गरीएको छ
क्र सं कार्यक्रमहरु र कार्यक्षेत्र अबस्था
१ अभियानमुखी प्याज उत्पादन कार्यक्रम पूर्वी र पश्चिम तराइका केही जिल्ला प्याज नेपालमा तरकारीमा प्रयोग हुने प्रमुख बाली रहेको र आयात प्रतिस्थापन गर्न कार्यक्रम लगभग ६ बर्ष जति सन्चालन भएतापनि आयोजनाको शुरुको अबस्था र अन्तिम अबस्थामा हेर्दा उल्लेख्य रुपमा क्षेत्रफल र उत्पादन बृद्दि हुन नसकेको ,उत्पादित प्याजको लामो समयसम्म भण्डारण हुन नसक्दा कृषकले लागत भन्दा कम मूल्यमा विक्री गर्न बाध्य भएको ,नेपालमा आबश्यक बीउ उत्पादन कार्यक्रम तथा जातिय बिकासका लागि अनुसन्धान संग समन्बय नहुँदा बीउ तथा कम लागतमा उत्पादन गर्ने प्रविधि अभाब जस्ता समस्या रहेको पाइएको थियो ।
२ युवा लक्षित तरकारी उत्पादन कार्यक्रम देशमा शिक्षित युवालाइ पहाडमा ५ प्लाष्टीक घर सहित रोपनी र तराइमा १ विघा जमिनमा खेती गर्न कार्यक्रम सन्चालन भइ बेमौसमी तरकारी उत्पादनमा उल्लेख्य सफलता प्राप्त भएको ।
३ अलैची नर्सरी स्थापना तथा रोग निदान कार्यक्रम नेपालमा रोगरहित बीरुवा प्रयोगवाट क्षेत्रफल विस्तार तथा रोगग्रस्त बगैचा पुनउत्थानको लागि यस कार्यक्रम नेपालको पूर्वी पहाडमा सन्चालन भएको जसवाट विरुवामा आत्मनिर्भरता भएको ।
४ एकीकृत ब्यापार रणनीति द्यट्टक्षङ्क बाणिज्य मन्त्रालय मार्फत सन्चालन नेपाल एकीकृत ब्यापार रणनीति २०१० ले पहिचान गरेका अदुवा अलैची र कफीजन्य बालीको उत्पादन बृद्दि गरी निर्यात प्रबर्धन गर्न संभाब्य केही जिल्लामा कार्यक्रम सन्चालन भएको
५ सुनतलाजात बगैचा सुदृढीकरण कार्यक्रम सुन्तलाजात फलफूलको ह्रास ब्यवस्थापन गरी उत्पादकत्व वृद्दि गर्न पूर्व र पोखरा आसपासका पहाडी जिल्लामा कार्यक्रम सन्चालन भइ ह्रास ब्यवस्थापनमा सहयोग पुगेतापनी एकीकृत रुपमा स्वस्थ बिरुवा उत्पादन बगैचा ब्यवस्थापन हुन नसकेको
६ अभियानमुखी कागती प्रबर्धन कार्यक्रम कागती विरुवा उत्पादन तथा बगैचा ब्यवस्थापनमा लक्षित कार्यक्रम शुरुको बर्ष सन्चालन भएतापनि निरन्तरताको अभाव
७ किवि अनार तथा केरा उत्पादन प्रबर्धन कार्यक्रम शुरुको केही बर्ष विरुवा उत्पादन तथा बगैचा ब्यवस्थापनमा केन्द्रित भएतापनि कार्यक्रमले निरन्तरता नपाएको
८ पुष्प उत्पादन प्रबर्धन कार्यक्रम नेपालमा वढी माग भएका सयपत्री मखमली लगायतका फूलको उत्पादन प्रबर्धन गर्न जिल्लामार्फत केही बर्ष कार्यक्रम सन्चालन भएतापनि निरन्तरता नपाएको
९ प्रिसिजन तथा प्रोटेक्टेड हर्टिकल्चर प्रबर्धन नेपालमा बाँस ,जि आइ , नेचुरल्ली भेन्टिलेटेड तथा उच्च प्रविधियुक्त सरचनामार्फत ताजा तरकारी तथा तरकारी बेर्ना उत्पादन गरी आय र रोजगारी प्रबर्धन गर्न शुरुमा १० जिल्लामा कार्यक्रम सन्चालन भएतापनि निरन्तरता नपाएको
१० बीउ आलु आत्मनिर्भर कार्यक्रम आलुको उत्पादन बृद्दि गर्न रोगमुक्त आलुको बीउ उत्पादन तथा आलुको क्षेत्र विस्तारमा कार्यक्रम सन्चालन भइ राम्रो प्रतिफल आएतापनि निरन्तरता हुन नसकेको
माथि सन्चालन भएका कार्यक्रमहरुको राम्रो पक्ष भनेका ब्यवसायिक उत्पादनमा टेवा पुगेतापनि अनुसन्धान संग समन्बयको अभाव नेपालमा फलफूलको जातिय दर्ता नहुनु तथा उत्पादन उप्रान्त प्रविधि तथा बजारीकरणमा ध्यान दिन नसक्नाले गर्दा उपरोक्त कार्यक्रमहरु नेपाल सरकारले सन्चालन मार्फत कृषक स्तरवाट थप क्षेत्र विस्तार नभएको पाइन्छ । भविश्यमा मिसन वा बाली बस्तु उत्पादन कार्यक्रमलाइ दीगोपना दिन निम्न कुराहरुमा ध्यान दिन जरुरी देखिन्छ
क्र स बाली बस्तु समाबेश गर्नुपर्ने विषयहरु
१ बेमौसमी तरकारी स्थानिय संभाब्यता आयात प्रतिस्थापन उन्मुख बाली तथा प्रविधिमा अध्ययन अनुसन्धान तथा स्थानिय आबहावा अनुसारका प्रविधि विकास गरी उत्पादन सामाग्री प्रविधि र बजारीकरण विधि समेत एकीन गरी कार्यक्रम सन्चालन
२ प्याज बीउ उत्पादन बेमौसमी खेति तथा जातिय विकसमा अनुसन्धान तथा भण्डारण प्रविधिमा जोड
३ आलु बीउ उत्पादन, स्रोतकेन्द्र बिकास, जातिय अनुसन्धान र भण्डार तथा ब्रान्डिङ्ग
४ मसलाबाली गुणस्तरीय बीउ तथा बेर्ना उत्पादन तथा प्रशोधन
५ तरकारी बीउ गुणस्तरीय उत्पादन तथा प्याकिङ्ग सहित बजारीकरण
६ फलफूल गुणस्तरीय बेर्ना उत्पादन, स्रोत केन्द्र विकास ,जातिय विकास तथा दर्ता उत्पादन उप्रान्त क्षति न्यूनीकरण
७ पुष्प ब्यवसाय उत्पादन सामाग्री सहजिकरण तथा जातिय अनुसन्धान उत्पादन उप्रान्त क्षति न्यूनीकरण तथा उपयुक्त बजारीकरण
एचभअययष्लिन ाबअष्ष्तिथ
बाली बिशेष कार्यक्रमहरु समय र परिस्थितिको माग अनुसार आएतापनि उत्पादनमा मात्र केन्द्रीत हुनुले गर्दा अपेक्षीत सफलता प्राप्त हुन नसकेको देखिन्छ । तसर्थ आबश्यक प्रविधि ,क्षेत्रफल ,अनुमानित उत्पादन ,आबश्यक अनुसन्धान तथा बजारीकरण विधि र लक्षित उपभोक्ता आदि जस्ता कुराको विश्लेषण गर्न नसक्नाले गर्दा बागबानीजन्य उपज उत्पादनको नेपालमा प्रतिस्पर्धी क्षमता कम भइ अधिकांश कृषकले नाफा गर्न नसकेको सन्दर्भमा एकीकृत र समन्वयात्मक रुपमा गुणस्तरीय र स्थानविशेषका उत्पादन लक्षित उत्पादनमा जोड दिन सके भविश्यमा कार्यक्रमको मर्म अनुरुप सफलता प्राप्त हुने देखिन्छ ।
प्रतिकृया दिनुहोस्