June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

कोरनाको आशंका लागे यी अस्पताल जानुस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना आशंकीतलाई आफैं अस्पताल पुगेर स्वाब परीक्षण गर्न अपिल गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले कोरोना संक्रमतिको संख्या बढ्र्दै गएको भन्दै आफुलाई शंका लागे आफैं अस्पताल जान र त्यस्तो लक्षण देखीए जो कोहीलाई पनि परिक्षणका लागि अस्पताल लान भनिएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा १४ वटा अस्पताल पुगेर परिक्षण गर्न सकिने जनाएको छ । पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल,, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, विरेन्द्र सैनिक अस्पताल, बीर अस्पताल, नेपाल प्रहरी अस्पताल, ससस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरीया मैत्री अस्पताललाई तोकेको छ । त्यस्तै सम्पुर्ण हब अस्पतालहरु, कोबिड क्लीनक अस्पतालहरु कोभिड अस्पताल लेभल १, २, ३ लाई पनि तोकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अत्यवश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको