September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

फुटबल टिमको गोलकिपर प्रशिक्षकमा विकास मल्ल

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले नेपाली राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई छनोट गरेको छ। 

आफ्नो समयका अब्बल मानिने गोलकिपर मल्ल त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडी हुन्। आर्मी क्लबकै कप्तान समेत भइसकेका मल्ल सन् २००५ देखि २०१३ सम्म नेपाली राष्ट्रिय टिममा समेत थिए। मल्लले एफएसी लेभल वान गोलकिपर प्रशिक्षण प्रमाणपत्र पनि पाइसकेका छन्। उनीसँग एफएफसी सी प्रशिक्षण प्रमाणपत्र र फिफा एमए प्रमाणपत्र पनि छ। स्वयंसेवकका रुपमा गोलकिपर प्रशिक्षणको काम गरिरहेका हिरो मित्सुमारुको स्थानमा अब मल्लले काम गर्नेछन्।

विश्वकप फुटबलको एसिया छनोट अन्तर्गतका बाँकी खेलहरुमा राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षणदेखि नै मल्लले काम सुरु गर्नेछन्। 

कतार विश्वकप २०२२ र चीनमा हुने एफएसी एसियन कप २०२३ अन्तर्गत छनोटका दोस्रो चरणका खेलहरुमा नेपालले अब अक्टोवर ८ मा चाइनिज ताइपेइ, अक्टोवर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग दशरथ रंगशालामा खेल्नेछ। 

शीर्ष समाचार

धेरै पढिएको