July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

५ वर्षीया बालिका बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

बारा– ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा बारा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ। 

जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–२२ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

घरमा कोही नभएको मौका पारी ति किशोरले ५ वर्षीया बालिकालाई फकाइ जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। पीडित बालिकाको परिवारले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।   

पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

शीर्ष समाचार

धेरै पढिएको