July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

टिपरले मोटरसाइकललाई ठक्कर दिंदा भक्तपुरमा दुईको जनाको मृत्यु

भक्तपुर – भक्तपुरको आदर्श चोक नजिक आज (बिहीबार) बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना भक्तपुर नगरपालिका-२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताए । टिपर चालक दोलखाको मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको