July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

एसिसी महिला टी २० मा बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं– बहराइनलाई हराउँदै नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। 

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्‍यो। 

बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि सीता रानाले ४ तथा कविता जोशीले ३ रन बनाए। अतिरिक्त ८ रन जोडेर नेपालले लक्ष्य पूरा गर्‍यो। 

वर्षकाकारण निर्धारित समयभन्दा ढिलो गरी बिहान ८:१५ बजे  सुरु भएको खेललाई ७–७ ओभरमा छोट्याइएको थियो।  

शीर्ष समाचार

धेरै पढिएको