सप्तरीमा साउन २६ सम्मकोलागि निषेधाज्ञा
सप्तरी – कोरोना संक्रमण समुदायमा फैलिएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा साउन २६ गतेसम्म जारी रहनेछ ।
जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले निर्णय गरेपछि बिहानदेखि सप्तरीमा निषेधाज्ञा लागू भएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहनेछन् ।
प्रतिकृया दिनुहोस्