December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

आज उपत्यकामा थप ४३ जनामा कोरोना पुष्टि

काठमाडौं – आज उपत्यकामा थप ४३ जनामा कोरोना भाइरस कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले आज उपत्यकामा ४३ जनामा कोरोना देखिएको बताएका हुन्। उनका अनुसार  केन्द्रीय प्रयोगशाला परीक्षणमा भक्तपुरका १ काठमाडौंका ८ ,यस्तै  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  काठमाडौंका १७, प्रहरी अस्पतालमा काठमाडौंका २ जना  पाटन  अस्पतालमा काठमाडौंका ५  र भक्तपुरका ४ जना ललितपुरका २ जना, टिचिङ अस्प‍पतालमा गरिएको परीक्षमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।  देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गरिएको थियो।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ। 



शीर्ष समाचार

धेरै पढिएको