March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

नेपालले विजयीको सुरुवात गर्दै विश्वकप एसिया छनोटमा

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा शुक्रबार बिहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रनको बनायो ।

नेपालका लागि आशमा पुलामी मगरले नटआउट ३२ र सृष्टि जैसीले नटआउट २३ रन बनाइन् । १ सय १८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कतार १५ ओभर ४ बलमा समेटिँदा मात्र ३८ रन मात्र बनाउन सक्यो ।

कतारलाई सस्तैमा समेट्न नेपालका लागि सृष्टि जैसीले ३ तथा स्नेहा महरा, कृतिका मरासैनी र अनु कडायतले २–२ विकेट लिइन् ।

छनोटअन्तर्गत नेपालले शनिबार यूएईसँग बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ । नेपालले आगामी सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको