सिम्ता गाउँपालिकाका अध्यक्षले गरे पदभार सम्हाले लगत्तै सम्पति विवरण सार्वजनिक
सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले आफ्नो सम्पत्ति विवरण समेत सार्वजनिक गरेका छन् । एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित चन्दले गाउँपालिका अध्यक्षको पदभार सम्हाले लगत्तै आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको सम्पति विवरणअनुसार चन्दको नाममा एक थान मोटरसाइकल र सांग्रिला बैंकमा नगद ८ हजार ३६२ रुपैयाँ मात्रै छ । उनले आफ्नो नाममा कुनै पनी ठाउँमा जग्गा नभएको उल्लेख गरेका छन् । आफ्ना बुवा शेरबहादुर चन्दको नाममा कित्ता नम्वर ६ घ ६९, ७ घ ६२, ७ घ १३६, ७ घ १३८, ७ घ ६१ को जगा र करीव ५ रोपनी एैलानी जग्गा र ४ कोठे कच्ची घर रहेको उनले उल्लेख गरेका छन् ।
त्यसैगरी आमाको नाममा करिब डेढ तोला सुन र ५ तोला चाँदी, श्रीमती गोपी मैँया चन्दको नाममा करीव साढे २ तोला सुन, छोरा दिपेन्द्रकुमार चन्दको नाममा पाखोबारी, करिब १ लाख ५० हजार नगर मौज्दात, १ थान मोटर साइकल छ भने बुहारी जयन्ती चन्दको नाममा सिम्ता ५ आलिमा भाँडा पसल र डेढ तोला सुन रहेको अध्यक्ष चन्दले सार्वजनीक गरेको सम्पत्ती विवरणमा उल्लेख छ ।
#राजनीति
प्रतिकृया दिनुहोस्