कर्णालीमा खुसी हुन सकेन कांग्रेस, चुनावी कमान्डरकै गृहनगरको पराजय
सुर्खेत– स्थानीय तहको निर्वाचनको ९५ प्रतिशत बढी नतिजा आइसकेको छ। देशभरको नतिजालाई केलाउने हो भने नेपाली कांग्रेसले उत्साहजनक सफलता हासिल गरेको छ।
सफलताले पार्टी उपसभापति तथा स्थानीय तह चुनावका ‘कमान्डर’ पूर्णबहादुर खड्कालाई खुसी बनाउनुपर्ने हो। तर, उनी खुसी बन्न सकेको देखिँदैन।
गृहनगर सुर्खेत वीरेन्द्र नगरपालिकामा माओवादीसँग गठबन्धन गर्दासमेत कांग्रेसले हार बेहोर्नुपर्यो। नगरमा प्रमुख र उपप्रमुख मात्रै होइन, १६ मध्ये ११ वडा एमालेले जित्यो।
गृहजिल्ला सुर्खेतकै नतिजा पनि खड्काका लागि निराशाजनक रह्यो। २०७४ मै ६ वटा पालिका जितेको कांग्रेसले यसपल्ट दुईटा गुमायो। गुमेका दुईटै भेरीगंगा र चिंगाड गाउँपालिका उपसभापति खड्काकै निर्वाचन क्षेत्रभित्र पर्छन्।
संघीय निर्वाचनमासमेत कांग्रेसको ‘भोट बैंक’का रुपमा चिनिने यी पालिकासहित सुर्खेतको समग्र पराजयलाई खड्काले सहज रुपमा लिएका छैनन्।
कर्णालीका ७९ पालिकामा २०७४ सालमा कांग्रेसले २५ पालिका मात्रै जितेको थियो। २७ पालिका जितेर एमाले पहिलो बन्दा कांग्रेसको हैसियत माओवादीसँग बराबरी बनेको थियो।
यसपल्ट कांग्रेसले ७ वटा पालिका बढाएर संख्या ३२ पुर्याएको छ। प्रतिष्पर्धी दल एमालेले १२ वटा गुमाएर १५ मा झरेको छ। गठबन्धनबाट माओवादी केन्द्रले शक्ति बढाउन सकेन। उल्टो दुईटा पालिका गुमाएर २३ मा झरेको छ।
सुर्खेतको वीरेन्द्रनगरसहितका पालिकामा कांग्रेसको हारलाई पार्टीको कमजोरीका रुपमा स्वीकारिएको छैन। बरु कांग्रेसकै एउटा समूहले अन्तर्घात गरेको चर्चा चियाचौतारोमा छ। उपसभापति खड्का पक्षले कांग्रेस पूर्व केन्द्रीय सदस्य हृदयराम थानी समूहले अन्तर्घात गरेको आरोप लगाएको छ।
स्थानीय तहको उम्मेदवारीमा ४० प्रतिशत भाग उक्त समूहले मागेको थियो। तर, उक्त समूहको माग सम्बोधन हुन सकेन। थानी समूह असन्तुष्ट रह्यो। त्यही असन्तुष्टि मतपेटिकामा झरेको रुपमा कांग्रेसको खड्का समूहले आरोप लगाएको छ।
कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको एमालेलाई सघाएकोदेखि राप्रपालाई मतदान गरेकोलगायतका चर्चा अहिले सुर्खेतमा चलिरहेका छन्।
ढकालले १६ हजार ३८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । जबकी अघिल्लो निर्वाचनमा कांग्रेस एक्लै लड्दासमेत देवकुमार सुवेदीले १४ हजार चार सय पाँचमत ल्याएर नगर प्रुमख पदमा विजयी भएका थिए। यसपल्ट मतदाता संख्या १६ हजारभन्दा बढीले बढ्नुका साथै माओवादी केन्द्रसँग गठबन्धन छ।
२०७४ मा एमालेका बालाराम शर्माले १३ हजार आठ सय ९९ मत ल्याएका थिए। मोहनमाया ढकालले थप ३ हजार बढाउनु बढेकै मतको अनुपातका रुपमा लिइएको छ।
त्यसमध्ये एउटा ‘क्लु’ भेटेका छन्। कांग्रेसका असन्तुष्ट कार्यकर्ताले राप्रपामा भोट हालेको रुपमा प्रचार हुन थालेको छ। गत निर्वाचनमा एक हजार भन्दा कम मत ल्याएको राट्रिय प्रजातन्त्र पार्टीले यसपल्ट १० हजार मत पाएको छ।
राप्रपाका मुकुन्दश्याम गिरीले १० हजार ६ मत पाएका हुन्। राप्रपाकै मत बढेको भन्ने विश्लेषण सोही पार्टीकी उप्रमुखकी उम्मेदवार लक्ष्मीकुमारी सार्कीले ल्याएको भोटले गलत सावित गर्छ। सार्कीले जम्मा ३ हजार ६९७ मत पाएकी छन्।
प्रतिकृया दिनुहोस्