July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

सिरहामा धारिलो हतियारद्दारा बाबु छोराको हत्या

सिरहा– सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । 

घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो । 

सन्तकुमारको यही ११ जेठमा विवाह हुने भएकाले रातीसम्म रमाइलो गरेर करिब १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए ।

उनका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, । बिहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने आशंका गरिएको उनले बताए।

Avatar

घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए । उनीहरू सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेका हुन् । बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०/१२ वर्षको एक जना बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराएका थिए । 

घटनाको जानकारी पाएलगत्तै बिहान ४ बजे नै घटनास्थलमा पुगेको प्रहरीले घटनास्थल शील गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए ।

 ‘घटना भएको छ । हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ । तत्काल घटनाकाबारेमा केही बताउन सकिँदैन,’ उनले भने । प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ ।न्युज कारखाना

शीर्ष समाचार

धेरै पढिएको