June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

पाँचथरमा आठमध्ये कांग्रेसको ६, माओवादी र एमालेको एकएक पालिकामा जित

काठमाडौँ- पाँचथरको जारी स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम नतिजा सार्वजनीक भइसकेको छ। जिल्लाका आठमध्ये ६ पालिकामा जित्दै कांग्रेस ठूलो पार्टी भएको छ।

माओवादी केन्द्र र एमालेले समान एकएक पालिका जितेका छन्। 

कांग्रेसले जितेका पालिकामा कुम्मायक, तुम्वेवा, फालेलुङ, फाल्गुनन्द, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिका हुन्। ती पालिकामध्ये कुम्मायक र हिलिहाङ गाउँपालिका २०७४ को निर्वाचनमा एमालेले जितेको थियो। बाँकी पालिकामा कांग्रेसकै नेतृत्व थियो।

एमालेले याङवरक गाउँपालिकामा मात्र जित हात पारको छ। अघिल्लो निर्वाचनमा जितेका दुई पालिका एमालेले गुमाएको छ।

माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिकामा पालिका प्रमुखमा जित प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रले यो पालिका जितेको थियो। 

अघिल्लो निर्वाचनको तुलनामा एमालेले यो पटक २ पालिका गुमाएको छ। कांग्रेसले सुधार गर्दा माओवादी केन्द्रले अघिल्लोसहित केही स्थानमा जित हासिल गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको