July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

कर्णालीमा ६० पालिकाको मतगणना सम्पन्न, यस्तो छ नतिजा

सुर्खेत – कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा आएको छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । १९ पालिकाको भने मतगणना जारी छ ।

६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिका जितेको छ । नेकपा एकीकृत समाजवादीले तीन पालिका जितेको छ । प्रदेशका तीन पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

कांग्रेसले विजय प्राप्त गरेको पालिका

१) खार्पुनाथ गाउँपालिका (हुम्ला)- कणर्बहादुर रावल
२) कुमाख गाउँपालिका (सल्यान)- मानबहादुर बुढाथोकी
३) त्रिवेणी गाउँपालिका (सल्यान)- खिमबहादुर रावत
४) भैरवी गाउँपालिका ( दैलेख)- रिताकुमारी शाही
५) कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य
६) महाबु गाउँपालिका(दैलेख) – लक्ष्मण गुरुङ
७) ठूलोभेरी नगरपालिका(डोल्पा) – स्वणर्बहादुर बुढा
८) हिमा गाउँपालिका(जुम्ला) – लक्ष्मण शाही
९) तिलागुफा नगरपालिका(कालिकोट)- शंकरप्रसाद उपाध्याय
१०) मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा
११) सिद्धकुमाख गाउँपालिका (सल्यान)- भरत गिरी
१२) ठाटीकाँध गाउँपालिका(दैलेख)- रक्षबहादुर शाह
१३) कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत
१४) बाँफिकोट गाउँपालिका(रुकुम पश्चिम) – जनककुमार बाँठामगर
१५) चामुण्डा विन्द्रासैनी नगरपालिका(दैलेख) – गणेशकुमार शाही
१६) शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी
१७) शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही
१८) पातारासी गाउँपालिका (जुम्ला) – पूणर्सिंह बोहोरा
१९) छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम
२०) पञ्चपुरी नगरपालिका (सुर्खेत) – लालविर भण्डारी
२१) बराहताल गाउँपालिका (सुर्खेत) -भीम बहादुर भण्डारी
२२) लेकबेशी नगरपालिका (सुर्खेत) -उमेश कुमार पौडेल
२३) नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट
२४) गुर्भाकोट नगरपालिका ( सुर्खेत) – हस्त पुन
२५) छेडागाड नगरपालिका (जाजारकोट) – रत्नबहादुर खड्का

माओवादीले विजय प्राप्त गरेको पालिका

१) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही
३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४) ताँजाकोट गाउँपालिका (हुम्ला)- लालकेश जैसी
५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट
६) नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा
७) पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया
८) भगवतिमाई गाउँपालिका(दैलेख) – गणेश थापा
९) शुभकालिका गाउँपालिका(कालिकोट)- गोविन्दप्रसाद आचार्य
१०) सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी
११) सिंजा गाउँपालिका (जुम्ला) – पूणर्प्रसाद धिताल
१२) नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत
१३) बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कणर्बहादुर बुढाथोकी
१४) त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी
१५) महाबै गाउँपालिका (कालीकोट) – खेमबहादुर सिंह
१६) चौरजहारी नगरपालिका (रुकुम पश्चिम) – पुष्प बादी
१७) आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) – रबि के.सी.
१८) दार्मा गाउँपालिका (सल्यान) -निम बहादुर केसी

एमालेले विजय प्राप्त गरेको पालिका

१) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)- धावा सम्डुङ गुरुङ(निर्विरोध)
२) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)- सुन्दरकुमार केसी
४) नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा
५) जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही
६) चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी
७) भेरी नगरपालिका (जाजरकोट) – सिपी घर्ती
८) त्रिपुरासुन्दरी नगरपालिका (डोल्पा) – जुनचन्द्र रोकाय
९) कालिमाटी गाउँपालिका (सल्यान) – दानबहादुर केसी
१०) छत्रेश्वरी गाउँपालिका (सल्यान) – ओज बहादुर बुढाथोकी
११) आठविस नगरपालिका (दैलेख) – तर्क बहादुर बडुवाल

एकीकृत समाजवादीले विजय प्राप्त गरेको पालिका

१) काइके गाउँपालिका (डोल्पा)- अंगतकुमार राना (निर्विरोध)
२) छार्काताङसोङ गाउँपालिका (डोल्पा)- सेनाङ गुरूङ (निर्विरोध)
३) कपुरकोट गाउँपालिका(सल्यान)- दुर्गा पुन

स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेको पालिका

१) खाँडाचक्र नगरपालिका (कालीकोट)- कमलबहादुर शाही
२) सान्नी त्रिवेणी गाउँपालिका (कालीकोट)- मोहनबहादुर केसी
३) चन्दननाथ नगरपालिका (जुम्ला)- राजुसिंह कठायत

शीर्ष समाचार

धेरै पढिएको