March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

सिन्धुपाल्चोक पहिरो : ८ जना बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा पुरिएर ८ जना बेपत्ता भएका छन् ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् ।

अविरल वर्षासँगै गएको पहिरोले उनीहरु बस्दै आएको टहरो पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये एक जना जिवितै रहेको र अन्य ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

एक जनाको शरीर आदि पहिरोमा पुरिएको हुँदा उनले उद्धारको लागि गुहार गरिरहेको प्रहरीले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको