July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

धनगढी उपमहानगरमा अग्रता फराकिलो बनाउदै स्वतन्त्रका हमाल

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३ मत गणना सकिँदा हमालले १० हजार ८२५ मत प्राप्त गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ५,१६६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रणबहादुर चन्दले २,४६२ मत पाएका छन् ।

धनगढीको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी अघि छन् । उनले अहिलेसम्म ४,६८८ मत प्राप्त गरेकी छन् । एमालेकी कन्द्रकला रानाले ४,२४६ र स्वतन्त्रबाट प्रभाकर भण्डारीले २,६४२ मत प्राप्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको