पोखरा महानगरमा गठबन्धनले बढायो अग्रता
पोखरा – स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मत गणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् ।
जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ८ हजार ५६३ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २७८ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कोपिला रानाभाट ८ हजार ८७६ मतसहित अघि छिन् । एमालेका मञ्जुदेवी गुरुङले ८ हजार २७१ मतसहित उनलाई पछ्याइरहेकी छिन् ।
महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ । वडा नं. २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।
#राजनीति
प्रतिकृया दिनुहोस्