March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

स्थानीय निर्वाचनको विजयोत्सवमा निस्केको गाडीमा करेन्ट लागेर २ को मृत्यु

काठमाडौं– स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारको विजयोत्सवमा निस्केको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। 

सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेपछि गाडीमा सवार भएर उत्सव मनाइएको थियो। 

सो क्रममा छतका बसेका व्यक्तिले विद्युत्‌को तार छुँदा करेन्ट लागेको हो। शान्तिबजार नजिकै करेन्ट लागेर २ जनाको मृत्यु भएको हो।

शीर्ष समाचार

धेरै पढिएको