July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

दमक-१ मा ६ दलीय गठबन्धनलाई हराउँदै एमाले प्यानलै विजयी

झापा – सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनलाई हराउँदै झापाको दमक नगरपालिका-१ मा प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिका एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो ।

केहीबेर अघि सार्वजनिक मत परिणाम अनुसार सो वडामा एमालेका हरि नेउपानेको प्यानल नै विजयी भएको छ । नेउपानेले १,२८८ मत ल्याउँदा गठबन्धनका तारा अधिकारीले १,२६३ मत ल्याएकी छन् ।

नगरपालिका प्रमुखमा पनि एमालेकै गीता अधिकारीले अग्रता जारी राखेकी छन् । उनले गठबन्धनका उम्मेदवारलाई ४१ मतले पछि पारेकी छन् । उपप्रमुखमा भने गठबन्धनकी रेगिना प्रसाईंले १,२८४ मत ल्याएर अग्रता लिँदा एमालेबाट उपप्रमुख उम्मेदवार अम्बिका खनालले १,१४९ मत पाएकी छन् ।

शीर्ष समाचार

धेरै पढिएको