May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

किशोरी बलात्कार आरोपमा उदयपुरमा एक जना पक्राउ

उदयपुर– उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख- ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । 

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको