May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

धारिलो हतियारद्दारा भरतपुरमा एक युवकको हत्या

भरतपुर– भरतपुर ७ स्थित कृष्णपुरको फुटबल मैदान नजिकै भरतपुर महानगरपालिका वडा नम्बर १२ का २८ वर्षीय अनिल परियारको आइतबार साँझ हत्या भएको प्रहरीले जनाएको छ।

उनलाई आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए। ‘चिनजानकै साथीले बोलाएपछि उनी घरबाट निस्केका रहेछन्,’ डीएसपी अधिकारीले भने, ‘बोलाउने ती साथीको खोजी भइरहेको छ।’

उनले घटनाको अनुसन्धान भइरहेकाले अहिले नै हत्याको कारण खुल्न नसकेको बताए। हतियार प्रहारपछि गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई आक्रमण गर्ने समूहको पहिचान भइसकेको छैन। परियार गत वर्ष चितवन कारागारमा कैद सजाय भोगेर छुटेको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको