May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

बाढीले बगाएर दाङमा एक किशोरीको मृत्यु

दाङ –  दाङमा बाढीले बगाउँदा एक १५ वर्षीया किशोरीको मृत्यु भएको छ । सोमबार बबई गाउँपालिका-४ भएर बग्ने चाइकेरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय जनकल्याण माविका कक्षा १० मा अध्ययनरत किशोरीलाई खोला तर्ने क्रममा बाढीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । किशोरीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको