May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

कास्कीमा कार र मोटरसाइकल ठोक्किँदा बाबु छोरीको मृत्यु

कास्की – कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबीच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन् । उनीहरूले कारका फरार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको