May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बाब्वे ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

शनिबार नेपाल र जिम्बाब्वेबीच एकदिवसीय खेलसँगै सिरिज शुरु हुने कार्यक्रम थियो । तर, वर्षाका कारण खेल अवरुद्ध भएसँगै नेपाल क्रिकेट संघ क्यानले शनिबार खेल तालिका संशोधन गरेको थियो ।

नयाँ खेल तालिकाअनुसार दुई देशबीच दोस्रो टी–ट्वान्टी खेल सोमबार र तेस्रो टी–ट्वान्टी खेल बुधबार हुँदैछ । दुई देशबीचको एकदिवसीय सिरिज भने बैशाख २३, २४ र २६ गते हुने भएको छ ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो । 

सिरिजमा नेपाली र जिम्बाब्वेबीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको