September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

चेल्सीलाई पराजित गर्दै आर्सनलले जिते, एफए कपको उपाधि

काठमाडौं – पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । वेम्लीमा शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।चेल्सीका कप्तान सेजार एजप्लिकुएटाले ओबामेयाङलाई पेनाल्टी एरियामा फाउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो र ओबाम्याङले सहजै गोल गरे । पहिलो हाफमा १-१ को बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा एक गोल गर्दै खेल जितेको हो ।

६७औं मिनेटमा ओबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा आर्सनलले जित हात पारेको हो ।आर्सनलका पूर्व कप्तान समेत मिकेच आर्टेटाले प्रशिक्षकको रुपमा पहिलो ट्रफी जितका छन् । उनले सन २०१४ मा खेलाडीको रुपमा एफए कप जितेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको