गण्डकीमा कोरोना संक्रमितको संख्या १४०० नाघ्यो
काठमाडौं – आइतबार चारजना महिलासहित २० जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या १५०५ पुगेको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित स्याङजाको वालिङका ५ जना पुरुष र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना रहेका छन् । यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका एकजना पुरुष रहेका छन् ।
लमजुङका संक्रमित २ जना सुन्दर बजार र एकजना दोर्दीका हुन् । तनहुँको म्याग्दे र आबुखैरेनीका एक/एकजना पुरुष रहेका छन् भने बागलुङको बागलुङ नगरपालिकाकै एक पुरुष रहेका छन् ।
प्रतिकृया दिनुहोस्