May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

तनहुँमा एक युवा खोल्सीमा मृत फेला

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा एक युवा मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

शुक्रबारदेखि हराइरहेका उनको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको