May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

हेटौडामा दिव्य बाल उद्यानमा तोडफोड

हेटौंडा –  मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गए राति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो ।

बिहान पार्कमा मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए । मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए । ‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको