May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

गृहमन्त्री खाणद्दारा सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न निर्देशन

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ । आज बिहान करिब १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको