May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

आफ्नै पेटमा गोली हानेकी कपिलवस्तुकी सैनिक कोपिलाको निधन

कपिलवस्तु – आफैलाई गोली हानेकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ ।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो ।

‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो,’ सूचना अधिकृत शाहले बिहीबार बिहान भने ।
उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन् । ड्युटीमा रहेको बेला आफैले बोकेको एम १६ राइफलले गोली हानेको प्रवक्ता डीएसपी शाहले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको