March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

आजदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान शुरु

काठमाडौं –  टाइफाइडविरुद्धको खोप अभियान आज (शुक्रबार) बाट शुरु भएको छ । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजदेखि वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा यो खोप अभियान सञ्चालन हुनेछ । केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन शुरु भइसकेको छ ।

ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान शुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलो पटक खोप दिन लागिएको हो । यो खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । बिहीबार (हिजो) विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् । त्यस अवसरमा देउवाले टाइफाइडविरुद्धको खोप अभियान सफल हुने विश्वास व्यक्त गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको