September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

नेकपा पार्टी बहसः प्रचण्डले भने यो पदको झिनाझम्टी विल्कुलै होइन

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको बहस नेतृत्व प्राप्तिका लागि झिनाझम्टी नभएको बताएका छन्।

पद प्राप्तिका लागि तछाडमछाड भइरहेको भन्ने प्रचार गर्न खोजिएको भन्दै प्रचण्डले भने, ‘यो पदको झिनाझम्टी विल्कुलै होइन।’

उनले पार्टीलाई कसरी अगाडि बढाउने? विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएको भन्दै त्यसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकोले नपत्याउन उनले आग्रह गरे।

‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो,’ तुलसीलाल अमात्यको स्मृतिमा शनिबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘पद हाम्रो विषय होइन। राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं।’

पद दिएर कम्युनिष्टसँग एकता हुन नदिनेहरूसँग विगतमा आफू लड्दै आएको पनि प्रचण्डले बताए।

उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस स्वभाविक हुने बताए।

शीर्ष समाचार

धेरै पढिएको