June 5, 2023, Monday
२०८० जेष्ठ २२, सोमबार
KN hd tv

स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसको सम्मान

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले शुक्रबार नगदसहित सम्मान गरेको छ। विभागले सागका स्वर्ण विजेता ८० खेलाडीलाई नगदसहित सम्मान गरेको हो। सानेपास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदक विजेता खेलाडीलाई सम्मान गरेका थिए।

विभागले एकल स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण विजेतालाई १५ हजार र त्योभन्दा बढी स्वर्ण विजेता खेलाडीलाई २५ हजार रुपैयाँबाट सम्मान गरेको हो। चार स्वर्ण पदक जितेकी पौडीकी गौरिका सिंहले नगद २५ हजार रुपैयाँ पाइन्। यस्तै दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले १५ हजार रुपैयाँ प्राप्त गरे।

काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी दुई सय सात पदक जितेको थियो।

शीर्ष समाचार

धेरै पढिएको