October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

कांग्रेस अनुगमन समितिद्धारा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल

काठमाडौं – नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल गरेको छ ।

नेपाल औषधि थोक व्यवसायी संघको आयोजना एव व्यवस्थापनमा नेपाली कांग्रेसका सह(महामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजकको नेतृत्वको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुँचका सवालमा भएको वस्तुगत अवस्थाका बारेमा छलफल कार्यक्रम भएको छ ।

उक्त छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएको तर्फ सबैले खबरदारी गर्नुपर्ने बिषय औल्याएका छन् ।

उक्त छलफलमा बोल्दै कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लागाए। यसरि भएको अनियमितताको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाहीको समेत माग गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको