इनफ इज इनफका अभियान्ताहरु पक्राउ
काठमाण्डाै – काठमाण्डाैका विभिन्न ठाउँबाट इनफ इज इनफका अभियान्ताहरु पक्राउ परेका छन् ।
दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियान्ताहरु पक्राउ परेकाे हुन् । । पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत छन् ।
सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको उपाध्यायको भनाइ छ । उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै थिए ।
कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरुले लगातार सरकारको विरोध गर्दै आएका छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वरेण्टीनकाे व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वरेण्टीनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत मागसहित उनीहरु १४ दिनदेखि सत्याग्रहमा छन् ।
प्रतिकृया दिनुहोस्