August 9, 2020, Sunday
२०७७ श्रावण २६, सोमबार
KN hd tv

जाजरकोटमा विशालु च्याउ खाएर बिरामी परेका थप एकको मृत्यु

वीरेन्द्रनगर — जाजरकोटको कुशे गाउँपालिकामा गत शुक्रबार जंगली च्याउ खाएर बिरामी परेका थप १ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा गत सोमबारदेखि उपचाररत २२ वर्षीय ललित चलाउनेको बिहीबार राति मृत्यु भएको हो ।

योसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । विषालु च्याउ खाँदा गत शनिबार एकै घरका ८ जना बिरामी परेका थिए । बिरामी भएकामध्ये २ वर्षीया अन्जनाको साउन ११ गते घरमै मृत्यु भएको थियो । अरु ७ जनालाई  नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल उपचारका लागि ल्याइएको थियो ।

उपचार गराइरहेकामध्ये घरमुली टेकबहादुर चलाउनेकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातीनी निरुता सिंहको मंगलबार राती मृत्यु भएको थियो  थियो ।

शीर्ष समाचार

धेरै पढिएको