March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

नक्सालका थप १८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण

काठमाण्डाै – प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार थप १८ जनालाई पुष्टि भएसँगै सङ्क्रमित प्रहरीको सङ्ख्या ७२ पुगेको छ ।

बिहीबार बिहान ४४ जना प्रहरीमा सङ्क्रमण देखिएकोमा बेलुका फेरि थप १० जनामा काेराेना पुष्टि भएको थियो । सङ्क्रमित ७२ जनाकै सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

नक्सालका अरु प्रहरीको पनि कन्ट्याक ट्रेसिङ भइरहेको प्रहरी प्रवक्ता कडायतले बताउनुभयो । उहाँका अनुसार कोरोनाको जोखिम बढ्दै गएकाले प्रहरीलाई सावधानी अपनाएर खटिन सर्कुलर जारी गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको