पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु
काठमाण्डौँ – नेपालमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एकजना कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।
उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएकी उनको आज उपचारकै क्रममा निधन भएको हो । डा. शर्माका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी बिरामी थिइन् ।
प्रतिकृया दिनुहोस्