कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे
- Khabar Nirantar
- २०७७ श्रावण १६
काठमाडाैं – नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ ।
कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो ।
कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ ।
कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।
लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ ।
शीर्ष समाचार
- सिन्धुलीमा सर्पले डस्दा १३ वर्षका दाजु र ३ वर्षका भाइको ज्यान गयो
- सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा पेसी
- अखण्ड भारत नक्सामा नेपालको भूमि राखेको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत
- धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु, त्रिशूलीमा युवतीको शव भेटियो
- प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति प्रक्रिया बढ्यो अघि, १० दिनभित्र उजुरी आह्वान
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्