May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

स्वीडेन सरकारको फेलोसिप कार्यक्रममा नेपालका लामिछाने चयन

नेपालका युवा कुटनीतिज्ञ सबिन लामिछाने स्वीडेन सरकार अन्तर्गतको फेलोसिप कार्यक्रममा चुनिएका छन् । स्वीडेन सरकारको स्विडिस इन्सटिच्युटको एस आइ लिडर ल्याब २०२२ तालिम कार्यक्रमको लागि लामिछाने चुनिएका हुन् । फेलोसिप कार्यक्रममा बिश्वका दक्षिण एशिया , मध्ये पुर्व, उत्तर अफ्रिका तथा पूर्वी युरोपका २२ राष्ट्रबाट ९० जना नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, शान्ति अभियन्ता तथा विभिन्न अन्तराष्ट्रिय संघसंस्थाका नेतृत्वकर्ताहरु सहभागी भएका थिए । यस बर्ष संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य अन्तर्गत लक्ष्य १६ः शान्ति, न्यायपूर्ण तथा सबल संस्थामा टेवा पुराउने व्यक्तित्वहरुलाइ चुनिएको हो । उक्त तालिम कार्यक्रम मार्च २०२२ देखि जुन २०२२ सम्म संचालन हुनेछ ।
लामिछाने विभिन्न रायट्रीय तथा अन्तराष्ट्रिय संघ–संस्थामा आवद्ध छन् तथा नेपाललाई विभिन्न अन्तराष्ट्रिय कार्यक्रममा नेपाल तथा दक्षिण एसिया लाइ प्रतिनिधित्व गरेका छन्। लामिछाने विगत १० बर्षदेखि युवा उत्प्रेरणा, शान्ति निर्माण, अन्तराष्ट्रिय सुरक्षा मामिला, जलवायु परिवर्तन, युवा कुटनीति तथा अन्तराष्ट्रिय युवा अभियानमा सकृय रहदै आएका छन् । हाल उनि ग्लोबल युथ पार्लियामेन्ट नामक गैर सरकारी संस्थामा कार्यकारी निर्देशकको रुपमा कार्यरत भने लामिछाने थाईल्याण्डमा अवस्थित एसियन रिसोर्स फाउन्डेसनको छेत्रीय प्रतिनिधिको रुपमा कार्यरत छन । उनि केहि महिना अगाडी मात्र जेनेभा सेन्टर फर सेकुरिटी पोलिसी, संयुक्त राष्ट्र संघको तालिम तथा अनुसन्धान केन्द्र तथा स्विस सरकारको परराष्ट्र मामिला संघिय बिभागको “शान्ति निर्माण तथा शान्ति नेतृत्वकर्ता तालिम” कार्यक्रममा विश्वभरिको छनोट बाट टप २२ जना शान्ति अभियान्ताको रुपमा चुनिएका थिए । उनि भन्छन “नेपाली युवाहरु बिश्व समुदायमा चम्किने आँट राख्दछन। आफ्नो ज्ञान, मिहिनेत र अनुभवले यस्ता महत्वपूर्ण अन्तरास्ट्रिय कार्यक्रम सहभागी भएर नेपाल तथा दक्षिण एसियालाइ प्रतिनिधित्व गर्न पाउदा गर्व महसुस हुन्छ र देशको लागि की योगदान दिन सके जस्तो लाग्छ ।
लामिछाने सन् २०१९ मा थाईल्याण्डमा आयोजना गरिएको “ द्वन्दग्रस्त मुलुकमा युवाहरु “ नामक तालिम कार्यक्रम एशिया प्रान्त भरिका टप ३० युवाहरुको रुपमा सहभागी जनाएर नेपालको शान्ति प्रक्रियाको बारेमा एसीयाली युवाहरुको माझ आफ्नो प्रस्तुति दिएका थिए।
उनले सन् २०१७ आफ्नो द्वन्द, शान्ति तथा बिकास सम्बन्धि स्नात्तकोत्तरको पढाइ पनि नर्वे सरकारको फेलोसिप अन्तर्गत पुरा गरेका थिए । उनि नेपाल तथा नेपाली युवाशक्तिले अन्तरास्ट्रिय दिगो बिकास तथा कुटनीतिमा महत्वपुर्ण भूमिका खेल्न सक्ने कुरामा बिस्वस्त छन् ।

शीर्ष समाचार

धेरै पढिएको