September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

आफूहरुले उठाएका मागमा देउवा पक्ष गम्भीर नबनेको पौडेल पक्षको ठहर

काठमाण्डौ – नेपाली कांग्रेसमा विवाद बढ्दै गएको छ । पार्टीको १४ औं महाधिवेशनको मिति तोकिएपछि सभापति शेरबहादुर देउवाले आफूखुसी विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले विरोध गरेको छ ।

देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै पौडेल पक्षले लिखित ध्यानाकर्षण पत्र बुझाएको छ ।

पाँचबुँदे पत्रमा विधान विपरीत गठन भएका विभाग, क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टी एकतामा आएकालाई समायोजन गर्दा सदस्यतामा मनलाग्दी, पार्टीका आन्तरिक संरचनाको समायोजन, भ्रातृ संस्था सक्रिय हुन नसकेको जस्ता विषय उठाइएको छ । पौडेल पक्षको मुख्य आपत्ति भने विधान विपरीत गठन गरिएका विभागको विषयमा छ ।

यस्ता गतिविधि तत्काल रोकेर निष्पक्ष महाधिवेशनको बाटोमा अघि बढ्न पौडेल पक्षले पत्रमार्फत सभापतिको ध्यानाकर्षण गराएको हो । पौडेलसँगै महामन्त्री डाक्टर शशांक कोइराला, डाक्टर मीनेन्द्र रिजाल, जीवन परियारलगायतले बिहीबार पार्टी  सभापति देवालाई भेटेर ध्यानाकर्षण बुझाएका हुन् ।

पार्टीको विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु १४ औँ महाधिवेशनको कार्यक्रम अगाडि बढिसकेपछि बनाउनु विधान उल्लङ्घन भएको पौडेल समूहको ठहर छ ।

शीर्ष समाचार

धेरै पढिएको