कर्णाली नदीको बहाव बढ्यो, स्थानीय त्रसित
बाजुरा – अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
बाजुराको केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए ।
कर्णाली नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको उनले बताए ।
नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आधा दर्जनौँ पुल जोखिममा परेका बताइएको छ ।
वाई बाँधु, गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिए ।
स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ ।
प्रतिकृया दिनुहोस्