September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

नेकपा विवादः केन्द्रीय कमिटीद्धारा बैठकको माग, ओली-प्रचण्डले के गर्लान त बैठक बोलाउन ?

काठमाण्डौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद पेचिलो बन्दै गएको छ । पटक पटक स्थायी कमिटी बैठक स्थगित भएको छ । सचिवालय र स्थायी कमिटीमा भइरहेको विवाद अब केन्द्रीय कमिटीमा पनि पुग्ने अनुमान गर्न सकिन्छ । किनकि नेकपाका १ सय ६३ जना केन्द्रीय कमिटीका सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै पार्टी केन्द्रीय कार्यालय धूमराहीमा निवेदन दर्ता गराएका छन् ।

पार्टी र पार्टीका नेता विधी, विधानअनुसार चल्न नसकेको भन्दै नेकपाका केन्द्रीय सदस्यहरुले बुधबार पार्टी कार्यालयमा बैठकको माग गर्दै निवेदन दर्ता गराएका हुन् । पार्टी जोगाउन मजबुत एकताको आवश्यकता रहेको र यसप्रकारको स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गर्न केन्द्रीय कमिटीको बैठक अहिलेको आवश्यकता भएको उनीहरुले बताएका छन् ।

नेपाली जनताले नेकपा पार्टीप्रति गरेको आशा भरोसामा तुषारापात नहोस् भन्नका निम्ती बैठकको माग गरिएको नेकपाका केन्द्रीय सदस्य झपट रावलले बताए ।

‘पार्टी र सरकार विधी विधानअनुसार चल्न सकेन । पार्टीको मूल नेतृत्वबाट नै पार्टीका विधि, विधान उल्लंघन गर्ने काम भयो’, नेता रावलले फरकधारलाई भने, ‘पार्टीको मूल नेतृत्वबाट नै स्वेच्छाचारी ढंगले पार्टी चलाउने, नेताहरु चल्ने काम भयो । नेपाली जनताले नेकपा र अहिलेको सरकारप्रति जुन आशाभरोशा गरेका छन्, त्यो आशाभरोसामा तुषारापात नहोस् भन्नका निम्ती हामीले यो पहल गरेका हौं ।’

पार्टीभित्र देखिएको विग्रहका सम्बन्धमा केन्द्रीय कमिटीमा नै छलफल हुनुपर्छ भन्ने आवश्यकता देखेर बैठकको माग गरेको उनले बताए । 

शीर्ष समाचार

धेरै पढिएको